काभ्रे,खानीखोला : काभ्रेपलान्चोक जिल्लाकै अति विकट मानिने खानीखोला गाउँपालिका वडा नम्बर ४ फुलडाडा स्थित श्री वीर आधारभुत विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत सामान्यज्ञान परिक्षण कार्यक्रम संचालन गरिएको छ ।
अतिरिक्त क्रियाकलाप सङगै यसबाट सिकाइमा जोड दिने उदेश्यले कर्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भरत लामाले बताउनु भयो । विशेष गरि कक्षा ४ र ५ मा अध्यनरत बालबालिकाहरुको बौद्धिकता र मनोवैज्ञानिक पक्षको जाँच गरि उनीहरुको सिकाइ स्तरलाई थप प्रभावकारी बनाउन नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत सामान्यज्ञान परिक्षण कार्यक्रम संचालन गरिएको यसै विद्यालयका अतिरिक्त क्रियाकलाप संचालन एवम् सूचना प्रविधि विभागकका प्रमुख तथा विद्यालयका शिक्ष्क विष्णु दाहालले बताउनु भयो ।
कार्यक्रममा नेपालको भूगोल ब्रह्माण्ड साहित्य गणित विज्ञान सामाजिक अङ्ग्रेजी र स्थानीय पाठ्यपुस्तकबाट जम्माजम्मी ५० वटा वस्तुगत प्रश्न अन्तर्गत मनोवैज्ञानिक दृष्टिकोणले पनि उत्कृष्ट मानिएको बहुवैकल्पिक प्रश्न्हरु निर्माण गरिएको प्र,अ लामाको भनाइ छ ।
कार्यक्रममा कक्षा ४ तर्फ ५० मा २२ वटा प्रश्नहरुको जवाफ मिलाउदै नाङसाल गोले तृतीय २४ वटा प्रश्नहरुको जवाफ मिलाउदै दिनेश थिङ दृतिय र २६ वटा प्रश्नहरुको जवाफ मिलाउदै एलिसा थिङ प्रथम हुन सफल भएकी थिइन । यसै गरि कक्षा ५ तर्फ ५० मा ३४ प्रश्नहरुको जवाफ मिलाउदै निरज गुरुङ तृतीय ३६ प्रश्नहरुको जवाफ मिलाउदै सुदिप गोले दृतिय र ३७ वटा प्र्श्नहरुको जवाफ मिलाउदै जस्विर गोले प्रथम हुन सफल भए ।
विजेताहरुलाई पुरस्कार वितरण गर्ने क्रममा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पढाई प्रति थप जिम्मेवार भएर लाग्न समेत प्र,अ लामाले आग्रह गर्नु भएको थियो । १८ गते कार्यक्रम संचालन गर्ने भनी तय भएतापनि प्राविधिक कारणवश कार्यक्रम आजै १७ गते गर्नु परेको अतिरिक्त क्रियाकलाप संचालन एवम् सूचना प्रविधि विभागका प्रमुख तथा विद्यालयका शिक्षक दाहालको भनाइ छ । साथै यस वर्षको सम्पुर्ण अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सकिएको र आगामी २५ गते शुक्रवार अभिभावक भेला सम्पन्न गर्ने गरि कार्यक्रम समापन भएको प्र,अ लामाले बताउनु भयो ।