काभ्रे : शैक्षिक तथा राजनैतिक सडक बाघको रुपमा स्थापित हाम्रो महान तथा गौरवशाली संगठन, अखिल (क्रान्तिकारी) हजारौ विद्यार्थीहरुको त्याग तपस्या र बलिदानको जगमा बनेको संगठन हो । हाम्रो संगठनले आफ्नो स्थापना कालदेखि नै शिक्षा क्षेत्रमा देखिएको बेथिति, विकृति र विसंगतिको विरुद्धमा संघर्ष गर्दै आएका कुरा सबैमा जगजाहेरै छ ।
नेपालको संविधान २०७२ मा आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क र मा. वि. तह सम्मको शिक्षा पूर्ण निशुल्क व्यवस्था गरेको छ । तर संविधानको मर्म र भावना विपरित काभ्रे जिल्ला स्थित प्रायः जसो सामुदायिक विद्यालयहरुले भर्ना शुल्क र अन्य विभिन्न सेवा शुल्कको नाममा शुल्क असुलिरहेको पाएको छ । निजी विद्यालयहरुले पनि अभिभावकको ढाड सेक्ने गरी चर्का शुल्क वृद्धि गरि रकम असुली रहेको पाएको छ ।
सामुदायिक र निजी विद्यालयको यस्तो गलत क्रियाकलापप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अनधिकृत उठाएको शुल्क तत्काल फिर्ता गर्न सम्बन्धित निकायलाई हाम्रो संगठन जोडदार माग गर्दछौं । यसरी नियम विपरित शुल्क उठाउने कार्य बन्द गर्न र गराउन गाउँ नगरपालिका सरकार र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्दछौं । यदि हाम्रो मागलाई वेवास्ता गरी यस्तो गलत कार्य नरोके यसको विरुद्ध अखिल (क्रान्तिकारी) काभ्रे कडा संघर्षमा उत्रन बाध्य हुने कुरा सम्बन्धित निकायलाई जानकारी गराउदछौ ।
विज्ञप्ति सहित