काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिका –५ मा गत चैत २९ गते मध्यरातीको आसपासमा करोडौं पर्ने बुद्धचित्तको रुख काटिएको जिम्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)केन्द्रले लिएको छ । फूल फुल्दै गरेको उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो ।
एक विज्ञप्ति जारी गर्दै रोशी गाउँपालिकाको उत्पीडित र सर्वसाधारण जनताको माग बमोजिम बुद्धचित्त मालाको रूख आफ्नो पार्टीको नेतृत्वमा काटिएको बिज्ञप्तिमा उल्लेख गरेका छन ।
महासचिव महावीरले जानकारी यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराएका छं । दलाल राज्य प्रशासनले जनताको पार्टी र जनताको सेना र सत्ता निर्माण भइसकेको हुँदा जनतालाई दमन र धरपकड गर्न कोशीस गरेमा हाम्रो पाटीले जस्तोसुकै प्रतिरोध गर्न बाध्य हुनेछौं ।’
राज्य प्रशासनको आडमा तस्करहरू र दलाल राजनीतिक दलको नेतृत्व र त्यसका गुण्डाहरुको कारण बुद्धचित्त मालाका रूपमा प्रयोग गरिने रुखको कारण स्थानीयलाई पटकपटक राज्यद्वारा दुःख दिईएको र झुट्टा मुद्दा लगाईकाले रुख काटिएको विज्ञप्तिमा समाबेश गरेर बिग्यप्ती जारी गरेका छन ।
जनमुक्ति सेनाका पुर्व कमाण्डर सहित चार जनालाई पक्राउ काभ्रे प्रहरीले गरेको छ ।
प्रहरी श्रोत अनुसार पक्राउ परेका मध्य एक जना रिहाई भैसकेको छन । पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङ हुन् ।
माला धनीले भने ८ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन । यस अघिका वर्षमा समेत यही माला चोरी भएको भन्दै उजुरी दर्ता भएको थियो ।