खानीखोला,काभ्रे : काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन गाउँपालिकाबाटै दिन सकिने भएको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृति दिने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउदै खानीखोला
गाउँपालिकाले श्रम स्वीकृतिको आवेदन गाउँपालिकाबाटै भरिदिने व्यवस्था मिलाएको
हो । सोमवार पहिलो पटक वडा नम्बर ४ का दिनेश थोकरले श्रम स्वीकृति लिएको छ । साउदी अरवीय जनालाई थोकरले श्रम स्वीकृति लिएको हो । प्रवक्ता मोक्तान, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल,वडा नं. ७ का सचिब मित्र भन्डारीले श्रम स्वीकृति हस्तान्तरण गरेको थियो ।
बैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित एवं भरपर्दो बनाई स्थानयि
तहसम्म पहँुच अभिबृद्धि गर्न बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको अनलाईन आवेदन आवेदन फारम पालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको छ ।
अधिकांश नेपाली श्रमिकले अनलाईन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवा प्रदायक संस्था मार्फत गर्दा श्रमिकको सम्पुर्ण विवरण प्रविष्ट नहुने, सो वापत धेरै रकम तिर्न वाध्य हुनुपर्ने र विभिन्न वाहाना बनाई श्रमिकलाई दुःख हैरानी दिने गरेकोले अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज हुने भएको छ ।
गाउँपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धी सेवा यही वैशाखको ३ गतेदेखी दिन सुरु गरिएको ट । अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको २ प्रती फोटो आवस्यक पर्दछ ।