Friday, September 29, 2023
Homeकला/साहित्यभागी विवाहको झल्को दिने ‘चोरको स्वर’ (फोटोफिचर)

भागी विवाहको झल्को दिने ‘चोरको स्वर’ (फोटोफिचर)

काभ्रेः नाटक ‘चोरको स्वर’ थापागाँउस्थित मण्डला थिएटरमा मञ्‍चन भइरहेको छ । नाटकले पूर्वी पहाडको लिम्बू समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परा र त्यसपछि गरिने संस्कारलाई झल्काएको छ ।

नाटकको सुरुवात पालाम र च्याब्रुङको मिठो धुनबाट हुन्छ । शेर्मा र चेम्जोङ गाउँका भिमाहाङ र सीमा मेलामा भेटिन्छन् र सामान्य चिनजानपछि उनीहरूबीच प्रेम हुन्छ । प्रेमपछि उनीहरूले भागी विवाह गर्छन् ।

कथामा शेर्मा र चेम्जोङ गाउँका लिम्बू समुदायका युवा युवतीले घर–परिवारको अनुमतिबिनै भागेर विवाह गर्ने चलन छ । त्यसपछि केटा पक्षका भद्र भलादमीहरू आफ्नो रीतसहित केटी पक्षलाई भागी विवाह भएको जानकारी दिन आउने प्रचलनलाई ‘चोरको स्वर’ नाटकमा झल्काइएको छ ।

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायत कलाकारहरूले अभिनय गरेका छन् ।

आर्टमान्डु नेपालको प्रस्तुति, कथाकार नवीन चौहानको लेखन, अनिल सुब्बा अन्वेश राई थुलुङ्गको निर्देशनमा बनेको नाटकलाई जेठ २० गतेदेखि मञ्चन भएको नाटक हरेक सोमबारबाहेक असार १५ गतेसम्म देखाइने छ ।

केही तस्वीरहरुः

तस्वीरः अर्पण उत्कर्ष

RELATED ARTICLES

follow us

FansLike

Most Popular