युवा नेता योञ्जनद्धारा रुखबाट खसेर गम्भीर घाइते वाईबालाई आर्थिक सहयोग

0
291

महाभारत, काभ्रेः जिल्लाको विकट महाभारत गाउँपालिका–२ स्थित् अम्बलवसका रुखबाट खसेर गम्भीर घाइतेको उपचारको लागि आर्थिक सहयोग मिलेको छ ।

तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जनले गम्भीर घाइते ४२ वर्षीय ठुलीमाया वाईबाको उपचारको लागि आर्थिक सहयोग गरेको हो ।

मंगलबार युवा नेता योञ्जनले धलिखेलस्थित् अस्पातलमै पुगेर १५ हजार रुपैँया विरामी वाईबालाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

युवा नेता योञ्जनका अनुसार आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न थोरै भएपनि सहज होस् भनेर उक्त सहयोग गरिएको हो ।

घाइते वाईबा दिउँसाको समयमा घाँस काट्न् रुखमा चढ्ने क्रममा खसेर थियो । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते वाईबाको दुवै हात र पाँच वटा कराङ भाँचेको अस्पतालले जनाइएको छ ।

पछिल्लो समय युवामाझ लोकप्रिय देखिएका युवा नेता योञ्जनले यसअघि पनि समस्यामा परेकालाई सहयोग गर्दै आएको छ भने उनले कोरोना महामारीका बेला बृद्धा, बालबालिका र मजदुर लगायतलाई राहत वितरण समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here