Friday, September 22, 2023
Homeकाभ्रे फोकसमहाभारतमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा र मामा घाइते

महाभारतमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा र मामा घाइते

महाभारत, काभ्रेः जिल्लाको महाभारत गाउँपालिका–७ स्थित् केराबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मंगलबार साँझ चट्याङले लागेर स्थानीय डिलबहादुर मुक्तानको छोरी १६ वार्षीय कान्छीमाया मुक्तानको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय देवीटारले पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मुक्तानको मृत्यु भएकोे जनाइएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृतककी आमा सञ्चमाया मुक्तान र मामा बुद्ध घलान गरी दुई जना घाइते भएको छ ।

प्रहरीले चट्याङले एक वटा भैसी समेत मरेको जनाइएको छ । स्थानीय वकिल स्याङ्तानले घरको जस्ता, सोलार, गोठ आदिमा क्षति पुगेको बताए । उनले चट्याङ लघु जलविद्युतको लाइनबाट गोठ हुँदै घरमा पुगेको देखिएको बताए । उनका अनुसार घरभित्र चट्याङको कारण ठुलो खडलसमेत बनेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular