Friday, September 22, 2023
Homeकाभ्रे फोकसखानीखोला उपत्यका समन्वय समितिको अध्यक्षमा दाहाल, माओवादी केन्द्रमा दर्जनौ प्रवेशसँगै १२ जना...

खानीखोला उपत्यका समन्वय समितिको अध्यक्षमा दाहाल, माओवादी केन्द्रमा दर्जनौ प्रवेशसँगै १२ जना सम्मानित

काभ्रे : नेकपा (माओवादी केन्द्र) निकट खानीखोला उपत्यका समन्वय समितिको अध्यक्षमा विपिन दाहाल निर्विरोध चयन भएका छन् । शनिबार भक्तपुरको सुर्यविनायकस्थित् भएको भेलाले दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।

भेलाले उपाध्यक्षमा भक्तबहादुर अधिकारी, खडकबहादुर दर्लामी, विक्रम नेपाली, राजकुमार गोले, सुजन जिम्बा, सचिवमा बुद्ध ब्लोन, सह–सचिवमा आइतेसिं गोले, काजिमान गोले, रुपेश थिङ, कोषाध्यक्षमा गिता अधिकारी, सह–कोषाध्यक्षमा सृजना भोलन र मंगल नेपाली चयन भएका छन् ।

अध्यक्ष दाहालका अनुसार भेलाले १९ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्वतमान अध्यक्ष राजन अधिकारीको सभाध्यक्षमा भएको भेलामा भेलामा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह–इन्चार्ज नारायाण दाहाल, केन्द्रिय सदस्य एवं काभ्रेका इन्चार्ज सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ, बागमती प्रदेश सचिवलय सदस्य तथा जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल), महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार), माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य तथा खानीखोलाका अध्यक्ष अविरल जिम्बा, प्रेस सेन्दरका केन्द्रिय सदस्य बुद्ध लोप्चन, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, खानीखोलाका सचिव राजन अधिकारी, दावा घिसिङ, सागर जिम्बा लगायतका उपस्थिति रहेका थिए ।

एमाले–कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा दर्जनौ प्रवेश
कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमाले र कांग्रेस परित्याग गरी प्रवेश गर्नेहरुमा विक्रम नेपाली, मंगल नेपाली, रुपा नेपाली, बुद्ध वाईबा, इन्द्रबहादुर स्याङ्तान, रुपेश थिङ, विनोद पुलामी लगायत रहेका छन् ।

१२ जनालाई सम्मान
कार्यक्रमको अवसरमा नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका समितिले सो क्षेत्रबाट नेपाल सरकारको लगयातका संघ/संस्थाको विविध पदमा कार्यरत १२ जनालाई सम्मान गरेका छन् ।

समितिले खानीखोलामा जन्मिएर संघर्षको बावजुद अध्ययन गरी उच्च तहमा पुगेर खानीखोलालाई चिनाउन सफल भएका उनीहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेमा खानीखोला जन्मिएर नेपाल सरकारको उप–सचिव बन्न सफल डा. लोकबहादुर लोप्चनसँगै लोकबहादुर वाईबा (अधिकृत स्तर आठौँ), जयबहादुर वाईबा (प्रशासन अधिकृत), विदुर तिमल्सिना (नेपाल बैंक लि. अधिकृत केन्द्रिय कार्यालय), विशाल तिमल्सिना (राष्ट्रिय बिमा संस्थान सहायक व्यवस्थापक) र अमर तिमल्सिनालाई सम्मान गरिएको छ ।

त्यस्तै फुलमाया घिसिङ (प्रहरी निरिक्षक), पाल्साङ लोप्चन (प्राविधिक सहायक), सुरेश आचार्य (जिवलोजिष्ट), निर्मल स्याङ्तान (इन्जिनियर सिभिल), संगिता राउत र बुद्ध लोप्चन गरी १२ जनालाई सम्मान गरिएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular