प्रेस सेन्टर खानीखोला शाखाको अध्यक्षमा विजय, वडा संयोजक तोकिए

0
260

काभ्रे । प्रेस सेन्टर नेपाल खानीखोला शाखा गठन भएको छ । शनिबार एक कार्यक्रमबिच नेकपा (माओवादी केन्द्र) निकट गठन भएको हो ।

खानीखोला शाखको प्रथम अधिवेशनले अध्यक्षमा विजय जिम्बा निर्विरोध चयन गरेको छ । अध्यक्ष जिम्बासँगै उपाध्यक्षमा भक्तबहादुर स्याङ्तान, सन्दिप बल, सचिवमा देश भक्त रुम्बा, सह–सचिवमा समिक्षा अधिकारी र कोषाध्यक्षमा सलन मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विपिन दाहाल, अनिल जिम्बा, सन्जिव बजु, दिनेशबहादुर थिङ (चर्चित), कान्छामान स्याङतान, जीवन घिसिङ, भिमबहादुर थोकर, ज्ञानबहादुर थिङ (मिसन), विक्रम मगर, चन्द्रबहादुर गोले, आइतेसिं गोले, रुप बहादुर थिङ सहित १९ सदस्यीय कमिटी गठन गरेको छ । अधिवेशनले प्रचारप्रसार संयोजकमा चन्दबहादुर गोलेलाई चयन गरिएको छ ।

भेला प्रेस सेन्टर काभ्रेको कोषाध्यक्ष तथा खानीखोलाका इन्चार्ज इकमान लामाको अध्यक्षमा सम्पन्न अधिवेशनले बाँकी एक जना सदस्य भने पछि मनोनित गरिने भएको छ ।

भेलामा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह–इन्चार्ज नारायाण दाहाल, केन्द्रिय सदस्य एवं काभ्रेका इन्चार्ज सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ, बागमती प्रदेश सचिवलय सदस्य तथा जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल), महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार), माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य तथा खानीखोलाका अध्यक्ष अविरल जिम्बा, प्रेस सेन्दरका केन्द्रिय सदस्य बुद्ध लोप्चन, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, खानीखोलाका सचिव राजन अधिकारी, दावा घिसिङ, सागर जिम्बा लगायतका उपस्थिति रहेका थिए ।

तोकिए वडा संयोजक
प्रेस सेन्टर खानीखोला शाखाको भेलासँगै खानीखोला शाखाको पहिलो बैठक समेत बसेको छ । अध्यक्ष जिम्बाको अनुसार बैठकले खानीखोलाका ७ वटै वडाका संयोजकहरु चयन गरेका छन् ।

जसमा खानीखोला–१ मा दिनेशबहादुर थिङ (चर्चित), वडा नं. २ मा ज्ञानबहादुर थिङ (मिसन), वडा नं. ३ मा अनिल जिम्बा, वडा नं. ४ मा भिमबहादुर थोकर, वडा नं. ५ मा विपिन दाहाल, वडा नं. ६ मा सलन मगर र वडा नं. ७ मा विक्रम मगरलाई संयोजक तोकिएका छन् ।

त्यस्तै बैठकले बैशाखको अन्तिम साता खानीखोलाका सबै वडामा पुग्ने निर्णय समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here