Friday, September 29, 2023
Homeप्रदेशप्रदेश १कोरियामा कामदार पठाउँदै स्थानीय तह

कोरियामा कामदार पठाउँदै स्थानीय तह

काठमाडौं : झापाको कन्काइ नगरपालिकाले कोरियाको गोयन्कु काउन्टीसँग सम्झौता गरेर २९ मंसिरमा १६ जना मौसमी कृषि श्रमिक पठायो । कोरिया जान २१६ जना श्रमिक छनोट भएकोमा १६ जनाको मौसमी श्रमिकको भिसा आएको थियो ।

भिसा आएका युवालाई मेयर राजेन्द्रकुमार पोखरेलले काउन्टीसँग सम्झौतामा सहयोग गर्ने सुशील मैनालीलाई पैसा दिन भनेपछि प्रत्येकले तीन लाख ८० हजार रुपैयाँका दरले रकम बुझाए । ‘विड इन्टरप्राइजेज’का नाममा रसिद जारी भयो ।

कोरिया जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको श्रम डेस्कले श्रम स्वीकृति नभएको भन्दै ती युवालाई रोक्यो । तर अध्यागमन विभागले साथ दिएपछि उनीहरु कोरिया पुगे ।

कोरियामा स्वास्थ्य परीक्षण गर्दा फेल भएका दिनेश न्यौपाने आफ्नै खर्चमा टिकट काटेर घर फर्किएपछि नगरपालिकाले तस्कर समूहसँग गरेको सेटिङ छताछुल्ल भयो ।

मेयर पोखरेल कोरियाको चक्करमा फसेकोमा थकथक मानिरहेका छन् । ‘हामीले त्यहाँको स्थानीय तहसँग सम्झौता त गरेका हौं । अरु प्रक्रिया सबै मध्यस्थकर्ताहरुले गरेका हुन्’, पोखरेलले भने, ‘यस्तो झञ्झटमा नफसेकै राम्रो हुनेरहेछ ।’

अहिले कन्काइ मात्रै होइन,देशका धेरै स्थानीय तह चुनावको मुखमा कानुन विपरीत कोरियामा मौसमी कामदार पठाउन अग्रसर छन् । वैदेशिक रोजगार ऐनले तय गरेको विधि, प्रक्रिया र पद्धति विपरीत स्थानीय तहहरुले दक्षिण कोरियाका स्थानीय तहबाट कागजात मगाएर मौसमी कामदार पठाउन लागेका हुन् ।

थुप्रै स्थानीय तहले कोरियामा श्रमिक पठाउने नाममा पैसा असुलीको धन्दा चलाएका छन् । यसमा जनप्रतिनिधिहरु नै प्रत्यक्ष रुपमा संलग्न छन् ।

दक्षिण कोरिया सरकारले आफ्ना प्रदेश र स्थानीय निकायहरुलाई विदेशबाट ‘समझदारी’ ९एमओयू० मार्फत मौसमी कामदार ल्याउन अनुमति दिएको छ । कोरियाले चीन, भियतनाम फिलिपिन्सका आप्रवासी कामदारका आफन्त मौसमी रुपमा कोरिया आउन् भन्ने उद्देश्यका साथ यो नीति बनाएको जानकारहरु बताउँछन् । किनभने उनीहरु पानीजहाजमार्फत सस्तो लागतमा कोरिया पुग्न सक्छन् ।

तर नेपालमा केही कोरियाली नागरिक र नेपाली मानव तस्करहरु स्थानीय तहका प्रमुखहरुसँग जोडिएर श्रमिक पठाउने तानाबाना बुनिरहेका छन् । कन्काइ नगरपालिकाका मेयर पोखरेलका अनुसार कोरियामा धेरै वर्ष बसेर फर्किएकाहरु अहिले रोजगारी दिलाइदिने प्रलोभन लिएर स्थानीय तहहरुमा पुगिरहेको स्वीर्काछन् । ‘यहाँबाट गएका श्रमिक नभागुन् भनेर हामीले कागज पनि बनाएका छौं, तर भाग्दैननन् भन्ने ग्यारेन्टी त छैन,’ उनी भन्छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular