Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३सन्जु र सीता निर्विरोध तामाङ घेदुङको महिला उपाध्यक्षमा

सन्जु र सीता निर्विरोध तामाङ घेदुङको महिला उपाध्यक्षमा

काठमाडौं । नेपाल तामाङ घेदुङको नवौ महाधिवेसनबाट उपाध्यक्षमा दुई महिला निर्विरोध चयन गरिएका छ । त्यसै गरि महासचिवमा काजिमान थिङ र कोषाध्यक्षमा रुप योन्जन निर्विरोध चयन गरिएको छ ।

तामाङ घेदुङको नवौं महाधिवेशनले निर्विरोध चयन गरिएका महिला उपाध्यक्षमा सन्जु ब्लोन र सिता गोले रहेका छ भने महासचिवमा काजिमान थिङ र कोषाध्यक्षमा रुप योन्जन रहेको छ ।

आइतबारबाट काठमाडौको धुम्बाराहीमा उद्घाटन भइ सोमबारदेखि बन्दसत्र सुरु भए पनि अन्य पदाधिकारीमा भने सहमति हुन सकेको छैन ।

सर्वसम्मत नभए आज दिउसो १ बजेबाट निर्वाचन हुने तामाङ घेदुङले जनाइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular