Friday, September 22, 2023
Homeकाभ्रे फोकसबनेपामा फेला शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, महाभारतका दुईजना पक्राउ

बनेपामा फेला शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, महाभारतका दुईजना पक्राउ

काभ्रेः जिल्लाको बनेपा नगरपालिका–१० स्थित् अरनिको राजमार्ग अन्तर्गत पुलबजारमा शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज गरेका छन् । बम जस्तो देखिने उक्त शंकास्पद बस्तु धुलिखेलमा रहेको कालिजंग गण सह–सेनानी अजय परियारको टोलीले डिस्पोज गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी तथा डिएसपी हरि खतिवडाले शंकास्पद बस्तु राख्ने महाभारत गाउँपालिका–६ लामाटोलका युगान्त थिङ र विवेक थिङलाई पक्राउ गरिएको बताए । उनका अनुसार उनीहरुलाई सीसी क्यामेराको सहायतामा बनेपाबाट पक्राउ गरिएको हो ।

डिएसपी खतिवडाले अरनिको राजमार्गको बिच सडकमा ‘नो एससीसी’ र ‘खतरा’ लेखिएको शंकास्पद बस्तु फेला परेसँगै विष्णुदल गणबाट खटिएको प्राविधिक टोली डिस्पोज गरिएको बताए ।

राजमार्गमा विहानैदेखि सवारीसाधन आवतजावत रोकिएमा बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेसँगै पुनः सुचारु भएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular