Sunday, March 26, 2023
Homeकाभ्रे फोकसनेकपा (एस) खानीखोलाको अध्यक्षमा बयनसिं र इन्चार्जमा भिम, भातृ संगठनसमेत गठन

नेकपा (एस) खानीखोलाको अध्यक्षमा बयनसिं र इन्चार्जमा भिम, भातृ संगठनसमेत गठन

खानीखोला, काभ्रेः नेकपा (एकीकृत समाजवादी) खानीखोला गाउँपालिका कमिटीको अध्यक्षमा बयन सिं लामा चयन भएका छन् ।

एकिकृत समाजवादीको केन्द्रिय अुनशसान विभागको अध्यक्ष शिवबहादुर देउजाको प्रमुख तथा पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटको विशेष अतिथ्यातामा भएको भेलाले अध्यक्षमा लामासँगै इन्चार्जमा भिम घिसिङलाई सर्वसम्मत चयन गरेका हुन् । घिसिङ नेकपा एस काभ्रेको सचिवलय सदस्य समेत हुन् ।

खानीखोला गाउँपालिका कमिटीको उपाध्यक्षमा सितादेवी तिमल्सिना, सचिवमा कमल प्रसाद बञ्जारा, सह–सचिवमा मोहन दर्लामी मगर रहेको छ ।

त्यस्तै सदस्यहरुमा कर्मध्वज लामा, तस्वीर वल, हेमलाल बजगाईं, रमेश गोले, दिलबहादुर घिसिङ, इश्वरी दुलाल, सुकबहादुर स्याङ्तान, हिरादेवी वाईबा, विमला वि.क लगायत रहेका छन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भुपाल राणा, एस काभ्रेका सचिव दिपक गौतम, पार्टी जिल्ला सदस्यहरु कृष्ण दलार्मी मगर र भिम पौडेल, युवा संघ केन्द्रिय सचिव भेषराज दाहाल, एस निकट विद्यार्थी संगठन काभ्रेका अध्यक्ष बदन भण्डारी लगायत उपस्थित रहेका थिए ।

युवा, महिला र विद्यार्थीको संगठन विस्तार
नेपका एसले खानीखोलामा पार्टी कमिटीसँगै निकट विभिन्न भातृ संगठन समेत गठन गरेका छन् । खानीखोलाको इन्चार्ज भिम घिसिङका अनुसार युवा, महिला र विद्यार्थीको संगठन विस्तार गरेको हो ।

उनले नेकपा एस निकट युवा संघ खानीखोलाको संयोजक रामचन्द्र तिमल्सिना
र सचिवमा आकाश थिङलाई चयन गरेका जानकारी दिए ।

एस निकट महिला संघको संयोजक इश्वरी दुलाल र सचिवमा सर्मिला जिम्बालाई तोकिएको छ । त्यस्तै जनविकास माध्यमिक विद्यालयमा मंगली माया सिङ्तानको नेतृत्वमा २९ सदस्यीय प्रारम्भिक कमिटी संगठन गठन गरेका छन् ।

त्यस्तै नेकपा एसको खानीखोला–३, ४ र ५ मा वडा कमिटी गठन गरिएको छ । बाँकी कमिटी भने पछि थपिने नेकपा एस खानीखोला गाउँपालिका कमिटीले जनाइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular