Friday, September 22, 2023
Homeकाभ्रे फोकसमाओवादी केन्द्र बागमती प्रदेशको सचिवलय चयनसँगै तोकिए काभ्रेका पालिका इन्चार्ज

माओवादी केन्द्र बागमती प्रदेशको सचिवलय चयनसँगै तोकिए काभ्रेका पालिका इन्चार्ज

काभ्रे : नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले सचिवलयसँगै पालिका इञ्चार्जहरु तोकिएका छन् । विहिवार बसेको प्रदेश समितिको बैठकले सचीवलय र पालिका इन्चार्जहरु तोकिएका हुन् ।

बागमती प्रदेश कमिटीको सचिवलय सदस्यमा काभ्रेबाट ६ जना चयन भएको छ । जसमा दिनानाथ गौतम (प्रयाय), गंगा बहादुर तामाङ (बमध्वज), मिम बहादुर वाईवा (ज्वाला), दैवलाल घिसिङ (अनुशील), भोलाप्रसाद अर्याल र रेणुका चौलागाईं रहेका छन् ।

प्रदेश कमिटी सचिवलय सदस्य दैवलाल घिसिङका अनुसार इन्चार्जहरुमा क्रमशः महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन (अनु), रोशीमा तिलकबहादुर तामाङ (नवीन), तेमालमा दलमान थोकर (डिएम), बेथानचोकमा मर्दन सिं तामाङ (पेमा), चौरीदेउरालीमा विष्णु गौतम अडिग र भुम्लुमा जनक भण्डारीलाई तोकिएको छ ।

त्यसैगरी पनौती नगरपालिकामा होमबहादुर खुलाल, धुलिखेलमा यादव ढुंगेल (जमिन), बनेपामा गोपाल घिमिरे, नमोबुद्धमा टासी लामा, मण्डल देउपुरमा ध्रुव काफ्लेलाई इन्चार्जको जिम्मेवारी दिइएका छन् ।

प्रदेश समिति बैठकले काभ्रेको १३ मध्ये १२ पालिकाको इन्चार्ज समेत तोकिएको हो । जसमा पाँचखाल नगरपालिकाको जिल्ला कार्यालयले हेर्ने माओवादी केन्द्रले जनाइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular