Friday, September 29, 2023
Homeकाभ्रे फोकसएमसीसीको विरोध गर्दै अनेरास्ववियु (क्रान्तिकारी) र वाइसीएलको मशाल जुलुस

एमसीसीको विरोध गर्दै अनेरास्ववियु (क्रान्तिकारी) र वाइसीएलको मशाल जुलुस

धनबहादुर स्याङ्तान
काभ्रे: मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै नेकपा माओवादी निकट भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र वाइसीएलले मशाल जुलुस निकालेका छन् ।

बुधबार जिल्लाको बनेपास्थित् चाँदनीचोकबाट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसीएलका नेता तथा कर्याकर्ताले मशाल जुलुस निकालेर चारदोबाटोमा समापन गरेका हुन् ।

प्रर्दशनका क्रममा उनीहरुले ‘राष्ट्रघाती एमसीसी खरेज गर’, ‘राष्ट्रघाती दलालहरु होसियार,’ ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ ‘माओवादी केन्द्र जिन्दावाद’ लगाएका नारा लगाएका थिए ।

सो क्रममा प्रहरीलाई छल्दै चारदोबाटो पुगेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । मशाल जुलुसमा निस्किएका उनीहरुले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । त्यस्तै उनीहरू प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध समेत नारा बाजीसमेत गरेका थिए ।

अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा काभ्रेका इन्चार्ज दुधराज लामा, वाइसीएलका केन्द्रिय सदस्य तथा काभ्रेका इन्चार्ज अविलाश लामा, अनेरास्ववियु (क्रान्तिकारी) काभ्रेका अध्यक्ष विजय लामा, वाइसीएल काभ्रेका अध्यक्ष प्रदिप योन्जनले कोणसभालाई सम्बोधन गर्ने क्रममा एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने बताएका छन् ।

उनीहरुले एमसीसीलाई कुनै पनि हालतमा पास हुन नदिन सडकबाट संघर्ष थालेको र आवाज उठाएको बताए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular