Friday, September 22, 2023
Homeकला/साहित्यकलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

काभ्रे: वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान क्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कालाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले रातोपाटीलाई जानकारी दिए ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाका​कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular