Friday, September 22, 2023
Homeकाभ्रे फोकसमहाभारत–२ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, नवप्रवेशीलाई पार्टी सदस्यता कार्ड

महाभारत–२ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, नवप्रवेशीलाई पार्टी सदस्यता कार्ड

काभ्रेः प्रजातन्त्र दिवसको अवसरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएका छन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित डाँडापारि क्षेत्र अन्तर्गत महाभारत गाउँपालिका–२ मोक्तानटोलमा नेपली कांग्रेसको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएका हुन् ।

कांग्रेस निकट तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जनको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यकर्ता भेला कांग्रेस महाभारत गाउँपालिका वडा नं. २ ले आयोजना गरेको थियो ।

युवा नेता योञ्जनले कार्यक्रममा बोल्दै जिम्मेवारी पाउनु ठुलो कुरा नभई त्यसलाई सहि ढंगले निभाउन सक्नु सफल हुने बताए । उनले भेलामा स्थानीय निर्वाचन तयारीबारे छलफल भएको जानकारी दिँदै महाभारतमा कांग्रेसको जित सुनिश्चित भएको समेत दाबी समेत गरे ।

उनका अनुसार कार्यक्रममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न पार्टी परित्याग गरी करिब २५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई युवा नेता योञ्जन लगायतले टिका, खादा लगाएर कांग्रेसमा प्रवेश गराएका थिए । नवप्रवेशीहरुलाई कांग्रेसको पार्टी सदस्यता कार्डसमेत वितरण गरिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular