माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको छः प्रचण्ड

0
173

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेकाहरु माओवादी केन्द्रमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् ।

सोमवार नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीप्रति जनताको नयाँ उभार देखिएको दाबी गरे । उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’

अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने आश्वासन पनि दिए । प्रवेश गर्नेहरुमा रौतहटको मौलापुर नगरपालिकाका एमालेबाट वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानुसहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका छन् ।

प्रचण्डले मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here