Friday, September 29, 2023
Homeकाभ्रे फोकसकांग्रेस काभ्रेको प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ को कोषाध्यक्षमा रमेश

कांग्रेस काभ्रेको प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ को कोषाध्यक्षमा रमेश

काभ्रे : नेपाली कांग्रेस काभ्रेका प्रदेश सभा क्षेत्रीय समिति, क्षेत्र नम्बर १ को कोषाध्यक्षमा रमेश तामाङ चयन भएका छन् । तामाङलाई बुधबार बसेको क्षेत्रीय समितिको बैठकले सर्वसम्मत रूपमा चयन गरेको हो ।

कांग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेश सभा क्षेत्रीय समिति, क्षेत्र नम्बर १ को बैठकले तामाङलाई कोषाध्यक्षमा मानोनीत गरेका हुन् ।

कांग्रेस निकट तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास  योन्जनले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ३ धारा १० उपधारा ४ खण्ड क को २ बमोजिम कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भएकाले बैठकमा सर्वसम्मत रूपमा तामाङलाई मनोनीत गर्ने निर्णय गरिएको बताए ।

कोषाध्यक्षमा मनोनीत भएसँगै तामाङले पार्टीको संस्थागत विकासका लागि आफूले काम गर्ने बताए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular