महाभारत र बागमती गाउँपालिकाले सिक्रेदोभानस्थित् बागमती खोलाको पक्की पुल यथसम्भव सम्पन्न गर्न थाल्यो पहल

0
302

काभ्रेः महाभारत गाउँपालिका काभ्रे र बागमती गाउँपालिका मकवनपुरले सिक्रेदोभानस्थित् बागमती खोलाको पक्की पुल निमार्णमा ढिलाइ भएकोप्रति चासो राख्दै छिट्टो निर्माण कार्य सम्पन्न गराउन पहल सुरु गरेका छन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ‘मधु’ले यथसम्भव पुल निर्माण सम्पन्न गर्न संयुक्त रुपमा पहल सुरु गरेका हुन् ।

बागमती गाउँपालिकाको कार्यालयमा अध्यक्षद्धय जिम्बा र घलानसँगै काभ्रे र मकवनपुरका जनप्रतिनिधि, राजनितिक दल र स्थानीयबिच द्धिपक्षिय छलफल गरी पुलको निर्णय कार्य छिट्टो पुरा गर्न संयुक्त पहल आवश्यक रहेको भन्दै एक बुँद्धे निर्णय समेत गरेका छन् ।

काभ्रेको खानीखोला–५ र मकवनपुरको बागमती–५ सिक्रेदोभानको बामगती खोलामा पक्की पुलको लागि दुई पटक म्याद थप्दा समेत १२.३५ प्रतिशत भन्दा कम भएको छैन ।

महाभारतका अध्यक्ष जिम्बाले महाभारत र खानीखोला गाउँपालिका (डाँडापारि क्षेत्र)बासीको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएकोले पुल बनेमा यहाँका धेरैभन्दा धेरै नागरिकले सुविधा पाउने बताए । काभ्रेको महाभारत, खानीखोला र ललितपुरको बामगती गाउँपालिकाबाट हेटौँडसम्म १२ महिना सजिलै आवतजावत गर्न सकिने उनको भनाई छ ।

बागमतीका अध्यक्ष घलानले तोकिएको समयमा पुल निर्माण सम्पन्न नहुँदा स्थानीयले समस्या झेल्नुपरेको बताए । उनले कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा पनि ढिलाई भएकोे दाबी गरे ।

अध्यक्षद्धयले पुल निर्माण यथसम्भव सम्पन्न गर्न सबैलाई लागी पर्न समेत आग्रह गरेका छन् । पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हुँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमती गाउँपालिको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ ।

पक्की पुल २०७४ असार ३० गते महाविर/शिखर/तामाकोशी जेभीले पुल निर्माण कार्य २०७६ भदौं ३० मा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पुल निर्माण अवधिमा पुरा नभएपछि पुनः २०७७ फागुन १४ सम्मको लागि म्याद थप गरेको थियो ।

थप गरेको समयमा पनि काम नसकेपछि कम्पनीले म्याद पुनः थप गर्न माग गरेको भएपनि हालसम्म भौतिक पुर्वाधार विकास मन्त्रालय वागमती प्रदेश अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयमा कुनै निर्णय गरेको छैन । पुल १ सय १५ मिटर लामो बन्ने छ ।

डाँडापारि क्षेत्रलाई बागमती प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा आवतजावतमा सास्ती खेप्नु परेको छ । हेटौँडा पुग्न मकवनपुरको जुरजुरस हिँडेर जानुपर्ने बाध्यता छ । पुल निर्माणले काभ्रे, मकावनपुर, सिन्धुली र ललितपुर जिल्लाका जनता लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here