नेपाल बन्दको पुर्वसन्ध्यमा बनेपामा ६ दलको मशाल जुलुस

0
290

काभ्रेः भोली हुने भनिएको नेपाल बन्दको पुर्वसन्ध्यमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै ६ राजनीतक दलले मशाल जुलुस निकालेका छन् । दलका नेता तथा कर्याकर्ताले जिल्लाको बनेपास्थित् चाँदनीचोकबाट मशाल जुलुस निकालेका थिए ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । प्रर्दशनका क्रममा उनीहरुले ‘नेपाल बन्द, सफल पारौं,’ ‘राष्ट्रघाती एमसीसी,’ खरेज गर’, ‘राष्ट्रघाती दलालहरु होसियार,’ ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगाएका नारा लगाएका थिए । उनीहरुले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेका अध्यक्ष जीतबहादुर तामाङले एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने बताए ।

नेपाल बन्द नेपाल कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी गरि ६ राजनीतिक दलले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here