Friday, September 29, 2023
Homeकाभ्रे फोकसमहाभारतमा अध्यक्ष जिम्बाले गरे एकैपटक दुई पक्की पुलको शिलान्यास

महाभारतमा अध्यक्ष जिम्बाले गरे एकैपटक दुई पक्की पुलको शिलान्यास

महाभारत, काभ्रे: जिल्लाको विकट महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले एकैपटक दुई पक्की पुल शिलान्यास गरेका छन् । आइतबार अध्यक्ष जिम्बाले महाभारत-५ तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पक्की पुलको शिलान्यास गरिएका हुन् ।

अध्यक्ष जिम्बाले पुल निर्माण भएपछि महाभारतका सबै वडामा बाह्रै महिना सजह रूपमा यातायात सन्चलान हुने बताए । पक्की पुल भएपछि महाभारतबासीले बर्षादमा पनि  समस्या झेल्नु पर्ने अवस्था नआउने उनको भनाइ छ ।त्यस्तै अध्यक्ष जिम्बाले गुणस्तरीय काम गर्न र समयमै काम सक्न निर्माण कम्पनी र वडावासीलाई सक्रिय हुन आग्रह गरेका छन्  ।

इन्जिनियर चन्द्रदेव भट्टले पुल निर्माणका लागि करसहित ४ करोड ९ लाख ७३ हजार ५ सय ७ रुपैयाँ ठेक्का सम्झौता भएको जानकारी दिए ।

 आगामी २०८० साउन ३१ गते निर्माण सक्ने गरी गत साउन  ३० गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी मृत सन्जीवनी प्रदेज जेवीले जनाएको छ ।

ठेकदार कम्पनीका प्रमुख नारायण प्रसाद बडालले तोकिएको समयभन्दा ६ महिना अघि सकाउने बताए । उनका अनुसार खानीखोलामा १६ र पार्वती खोलामा २६ मिटर लामो पुल बन्ने छ ।

पुल निर्माणको लागि जाग हान्ने लगायतका केही समेत सुरु भइसकेका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular