बेथानचोकमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण

0
158

काभ्रेः जिल्लाको बेथानचोक गाउँपालिका–५ च्यासिङ्खर्कले सञ्चालन गर्दै आएको वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गरेका छन् ।

वडाअध्यक्ष खजेन्ची बहादुर लामाले वडा कार्यालयले आन्तरिक बजेटको व्यवस्था गरी सामाजिक सुरक्षा भत्ता लिदै आएका ७० वर्ष माथिका १ सय ८० जना जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरेको बताए ।

उनका अनुसार जेष्ठ नागरिकहरुलाई ज्याकेट, टोपी लगायतका न्यानो कपडासँगै हर्लेक्स, साबुन समेत वितरण गरिएको छ । त्यस्तै उनले कार्यालयमा उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुका लागि वडा कार्यालयले स्थानियसँग समन्वय गरी लाभग्राही समक्ष पुर्याउने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने, पशु प्राविधिक गोकुल कुमार लामा, वडा सचिव मदन कुमार हमाल लगगयतको उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here