Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ७वडाध्यक्षलाई कार्यकक्षमै दले विप्लवका कार्यकर्ताले कालोमोसो

वडाध्यक्षलाई कार्यकक्षमै दले विप्लवका कार्यकर्ताले कालोमोसो

कञ्चनपुरः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट आबद्ध युवा संगठन नेपालका कार्यकर्ताले वडाध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलेका छन् । विभिन्न आर्थिक अनियमितताको आरोप लगाउँदै बेलडाँडी गाँउपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई बिहीबार कार्यकक्षमै कालोमोेसो दलेका हुन् ।

वडाध्यक्ष खातीलाई कालोमोसो दलेपछि संगठनले विज्ञप्ति प्रकाशित गरी विभिन्न आर्थिक अनियमिततामा मुछिएकाले उनीमाथि जनकारबाही गरिएको सार्वजनिक गरेको छ ।

युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले सार्वजनिक गरेको विज्ञप्तिमा वडा भवनको भाडा, मनोमानी कर्मचारी नियुक्ति, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा अनियमितता, बसपार्कको २७ ट्रिपर गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि निर्माण गरिएको २८ लाखको चारकोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समिति एकलौटी बनाएको र साना किसान लघु वित्त संस्थालाई जमिनसहित १५ लाख दिने निर्णय गरेकोलगायत आरोप लगाएका छन् ।

वडा अध्यक्ष खातीले सहकारी योजनाको कुरा गर्न कार्यकक्षमा आएको समूहले अचानक मोसो दलेको बताए । ‘अचानक ७/८ जना काम छ भन्दै भित्र आए, कोठामा पुग्दा सहकारी योजनाको कुरा गर्ने क्रममा मोसो फालेर गए,’ उनले भने ।

उनले आफुमाथि लगाइएका आरोप निराधार र राजनीतिक प्रतिशोध साँधियो बताउँदै उनले आफूमाथि लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै गल्ती गरेको भए कानुनअनुसार सजाय भोग्न तयार भएको बताए ।

एमाले बेलडाँडी गाउँ कमिटीले घट्ना भर्त्सना गरेको छ । गाउँ कमिटी अध्यक्ष लक्ष्मणसिंह भाटद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिमाथि गरिएको यस्तो कार्य घृणित र कानूनविपरित भएकाले घटनामा संलग्नलाई यथाशिघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

खाती एमालेबाट निर्वाचित भएका हुन् । उनी एमालेका बेलडाँडी गाउँ कमिटीका उपाध्यक्षसमेत हुन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular