Friday, September 22, 2023
Homeविश्वयुक्रेनमा आक्रमण गरे नराम्रो परिणाम भोग्नु पर्छः बेलायत‚ हामीलाई उपदेश नदेऊः रूस

युक्रेनमा आक्रमण गरे नराम्रो परिणाम भोग्नु पर्छः बेलायत‚ हामीलाई उपदेश नदेऊः रूस

एजेन्सीः बेलायती विदेशमन्त्री लिज ट्रसले रूसले युक्रेनमा आक्रमण गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन् । रूस भ्रमणमा रहेकी ट्रसले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग युक्रेन संकटबारे मस्कोमा गरेको बैठकका क्रममा उक्त चेतावनी दिएकी हुन् ।

युक्रेन र रूसबीचको विवाद शान्त पार्ने अमेरिकी कदम असफल भएपछि रूससँगको वार्ताको जिम्मेवारी फ्रान्स र बेलायतले लिएका छन् । ट्रसको जवाफ दिँदै रूसी विदेशमन्त्रीले पश्चिमा मुलुकले रूसलाई उपदेश दिन नहुने जवाफ दिएका थिए। यसबाट वार्ताको सम्पूर्ण प्रक्रिया अवरुद्ध गर्न सक्छ।

ट्रसले रूसलाई युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने अन्तरराष्ट्रिय सम्झौताको प्रतिबद्धता पालना गर्न आग्रह गरिन् ।

बैठकमा कडा रूपमा प्रस्तुत भएका लाभरोभले पश्चिमा देशले रूसलाई उपदेश दिन नखोजून् भन्दै विरोध गरे । लाभरोभले पश्चिमा देशको पूर्वाग्रह र चेतावनीले रूस नतर्सने स्पष्ट पारे ।

बेलायत र रूसका विदेशमन्त्रीहरूको बैठकले पनि कुनै सकारात्मक नतिजा आउन नसक्ने देखिएको छ ।

ट्रसले पहिलेदेखि नै रूस विरोधी बयान दिँदै आएकी छिन् । उनले डिसेम्बरमा सम्पन्न जी–७ देशका विदेशमन्त्रीहरूको बैठकमा युक्रेनविरुद्ध सैन्य कारबाही ठूलो गल्ती हुने र रूसले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएकी थिइन् ।

त्यसको दुई दिनअघि फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ मस्को पुगेका थिए । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको विषयमा लामो वार्ता गरेका थिए ।

पश्चिमा शक्तिले रूसले आफ्नो सेना कहाँ र कसरी तैनाथ गर्ने भन्ने व्याख्या दिन खोजिरहेको भन्दै रूसले आक्रोश व्यक्त गरेको छ ।

उनले युक्रेनले सन् २०१५ को मिन्स्क सम्झौता अस्वीकार गरेर तनाव बढाएको आरोप लगाए। यस्तो अवस्थामा रूसलाई आफ्नो रक्षा गर्ने अधिकार छ ।

करिब ९० हजार रूसी सैनिक, भारी तोपखाना र ट्याङ्कसहित युक्रेनी सीमा नजिकै तैनाथ छन् ।

रूसले युक्रेनको सिमानामा ट्याङ्क, क्षेप्यास्त्र र अन्य हतियारसहित हजारौं सैनिक तैनाथ गरेको छ । अप्रिल २०२१ मा पनि रूसले युक्रेनको सिमानामा सेना र हतियार तैनाथ गरेको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular