Friday, September 29, 2023
Homeकाभ्रे फोकसखानीखोलामा भीरबाट लडेर महिला गम्भीर घाइते, हेलिकप्टरमार्फत् उद्धार

खानीखोलामा भीरबाट लडेर महिला गम्भीर घाइते, हेलिकप्टरमार्फत् उद्धार

खानीखोला, काभ्रेः काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिका–४ स्थित् बाँसघारीकी भीरबाट लडेर गम्भीर घाइते एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । विहिबार भीरबाट खसेर गम्भीर घाइते भएकी ४० वर्षीय ग्यान्जामाया लोप्चनको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

स्थानीय जीवन घिसिङले मनाङ एयरको हेलिकप्टर मार्फत घाइते लोप्चनको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार लोप्चनलाई उपचारको लागि काठमाडौँस्थित् ट्रामा सेन्टरमा लगिएको छ ।

आफन्त कान्छामान स्याङ्तानले दिउँसो घाँस काट्न जाने क्रममा सिरुटार भीरबाट लडेको लोप्चनको टाउँको लगायत शरिरको विभिन्न भागमा गहिरो चोट लागेको बताए ।

लोप्चन भीरबाट करिब २ सय मिटर तल खसेका थिए । भीरबाट लडेर बेहोस भएकी लोप्चनको अवस्था गम्भीर भएपछि काठमाडौ लगिएको उनको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular