Friday, September 29, 2023
Homeकाभ्रे फोकससंसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छः सभामुख सापकोटा

संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छः सभामुख सापकोटा

काभ्रेः सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको बताएका छन् ।

बिहीवार धुलिखेलमा आयोजित राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे ।

‘संसद्काबारे धेरै प्रश्न उठेको छ,’ सभामुख सापकोटाले भने‚ ‘मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मकरूपमा लिएको छु ।’

उनले अहिले भइरहेका बहसले हामीलाई देश हितका लागि निष्कर्षमा पुर्‍याउने बताए । ‘विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ,’ सभामुख सापकोटाले भने‚ ‘मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ ।’

लोकतन्त्र आत्मसात र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै सापकोटाले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे ।

सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै उनले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular