Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ३द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादीको षड्यन्त्र

द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादीको षड्यन्त्र

काठमाडौंः नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उचालेर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रमण गर्नु प्रतिक्रियावादीको षड्यन्त्र भएको आरोप लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् ।

‘मल्लले लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै नयाँ संविधानमार्फत संस्थागत हुँदै गरेको नेपालको राजनीतिक परिवर्तनलाई ध्वस्त पार्न सुरुदेखि नै एकथरी शक्तिहरू सकृय रहँदै आएका थिए र छन्’ ।

जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुँदै शान्ति र संविधानलाई नयाँ उचाइमा क्रियाशील गर्न सक्रिय रहेको बेला सत्यनिरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सम्माननीय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।

‘यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ । यो विषय सामान्य छैन यो राष्ट्रिय सीमाबाट मात्र निर्देशित पनि छैन’ उनले लेखेका छन्, ‘यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडि धकेल्न चाहन्छ।’

उत्पन्न हुने दुरगामी परिणामको आँकलन गरी नियोजित रूपमा खडा गरिएका षडयन्त्रका तानाबानाको अझ बढी एकतावद्ध भई जमेर प्रतिवाद गर्न निर्देश गरेका छन्।

RELATED ARTICLES

follow us

FansLike

Most Popular