Friday, September 22, 2023
Homeकाभ्रे फोकसएमाले विभाजनमा भूमिका खेलेको भन्दै धुलिखेलमा सभामुख सपाकोटालाई देखाए कालो झण्डा

एमाले विभाजनमा भूमिका खेलेको भन्दै धुलिखेलमा सभामुख सपाकोटालाई देखाए कालो झण्डा

धुलिखेल, काभ्रेः विहिबार नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेका कार्यकर्ताले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ ।

अनेरास्ववियुका कार्यकर्ताले काभ्रेको धुलिखेलमा एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

अनेरास्ववियूले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

अनेरास्ववियू कालोझण्डा देखाएको भने पनि युवा संघका काभ्रेका अध्यक्ष लगायतका कार्यकर्ताहरुको उत्तिकै मात्रामा सहभागी थिए ।

यसअघि सभामुख सापकोटा सिन्धुपल्चोक जाने क्रममा पनि अनेरास्ववियुका कार्यकर्ताले बनेपामा कालो झण्डा देखाएका थिए ।

सभामुख सापकोटा सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन काभ्रे आएको हो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular