Saturday, September 30, 2023
Homeप्रदेशप्रदेश ३कमल थापाले ‘गीता’को कसम भुलेपछि. . .

कमल थापाले ‘गीता’को कसम भुलेपछि. . .

काभ्रेः स्मरण रहोस् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व-अध्यक्ष कमल थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर पार्टी एकताताका ‘गीता’ छोएर कहिल्यै पार्टी नफुटाउने कसम खाएका थिए ।

तर गीता छुँदै कहिलै पार्टी नफुटाउने भनेर खाएको थापाको कसम दुई वर्ष पनि टिक्न सकेनन् ।

थापाले २०७६ फागुन २८ गते राप्रपा एकीकरण घोषणा कार्यक्रममा खल्तीबाट गीता निकालेर भनेका थिए, ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी फुटाउने छैन ।’

थापाले पार्टी त्याग गरेका मात्रै छैन, उनले नयाँ पार्टी खोल्ने राय समेत व्यक्त गरेका छन् । पार्टी त्यागको घोषणा गरेसँगै उनको राप्रपासँगको ३१ वर्ष लामो राजनीतिक यात्रामा पुणर्विराम लागेका छन् ।

गत मंसिरमा पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवास विरूद्ध निरन्तर गाली गर्दै आइरहेका थापाले पार्टी परित्याग गर्नुको प्रमुख कारण नै निर्मल निवास भएको औंल्याएका छन ्।

पराजयलाई सहर्ष स्वीकार्न नसकेका थापाले पूर्वराजा र निर्मल निवासको प्रत्यक्ष हात रहेकोले आफुले हार व्यहोर्नु परेको भन्दै लगातार अभिव्यक्तिसमेत दिदै आइरहेका थिए ।

त्यसो त थापाले २०६३ सालबाट नै पूर्वराजाले निरन्तर रुपमा पार्टीमा हस्तक्षेप गर्दै आएको आरोपसमेत लगाउन भ्याए ।

गीताको कसम तोड्ने थापाले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना लगायतको कामलाई अलपत्र छोड्न नसक्ने भन्दै त्यसलाई पुरा गर्न नयाँ यात्रा सुरु गर्ने बताए ।

नयाँ राजनीतिक यात्राको सुरुवात गर्न लागेको बताएका थापाले आफूले राप्रपा फुटाउन वा विभाजन गर्न भने नलागेको दाबी गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular