Friday, September 22, 2023
Homeखेलइन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

एजेन्सीः इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १–१ गोल गरेका थिए ।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।

​पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ । अब इन्टरले एसी मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ ।

सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular