Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ३माओवादीलाई सखाप देश तथा विदेशका प्रतिक्रियावादीहरु लागिरहको छः प्रचण्ड

माओवादीलाई सखाप देश तथा विदेशका प्रतिक्रियावादीहरु लागिरहको छः प्रचण्ड

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सखाप पार्न देश तथा विदेशका प्रतियावादीहरु लागिरहेको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै सो कुरा बताएका हुन् ।

‘माओवादीलाई देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ प्रचण्डले भने, ‘ हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एकैठाउँमा केन्द्रित हुँदै गएको बताए । ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन’ प्रचण्डको भनाइ छ ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने समेत बताए । प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए।

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी (माओवादी केन्द्र) मा समाहित भएका छन् । जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनहरुको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

क्रान्तिका सहयात्री एकैठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

RELATED ARTICLES

follow us

FansLike

Most Popular