Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३क्रान्तिका सहयात्री एकैठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

क्रान्तिका सहयात्री एकैठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रान्तिका सहयात्रीहरू एकैठाउँमा हुनुको कुनै विकल्प नभएको बताएका छन् ।

प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको बताए ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने समेत बताए । प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए।

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी (माओवादी केन्द्र) मा समाहित भएका छन् । जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनहरुको भनाइ थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular