Friday, September 22, 2023
Homeप्रदेशप्रदेश २अदालतबाट न्याय पाउन नसकेको निहारिकाको गुनासो, दाषीले पाए उन्मुक्ति

अदालतबाट न्याय पाउन नसकेको निहारिकाको गुनासो, दाषीले पाए उन्मुक्ति

काठमाडौँः महोत्तरीको जलेश्वर घर भएकी निहारिका राजपुतले अदालतबाट पनि न्याय पाउन नसकेको भन्दै गुनासो पोखेकी छिन् । जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठलाई सफाइ दिएपछि अविवाहित आमा निहारिकाले फेसबुक लाइभमा आएर वेदना पोखेकी हुन् ।

अदालतको इजलास ५ का न्यायाधीश परशुराम भट्टराईले मुद्दामा अभियोग दावी नपुगेको ठहरसहित आरोपी श्रेष्ठलाई सफाइ दिएका थिए । अदालतका सूचना अधिकारी गंगाप्रसाद मिश्रले आरोपीले कसरी सफाइ पाए भन्ने कुरा फैसलाको पूर्ण पाठ आएपछि मात्र भन्न सकिने बताए ।

‘मेरो बच्चाले न्याय पाएन । मैले अदालतमाथि कसरी विश्वास गर्ने ?,’ निहारिकाले रुँदै भनिन्, ‘मैले यदि आत्महत्या गरेँ भने यसको जिम्मेवार जिल्ला प्रहरी कार्यालय धनुषा र अदालतका न्यायाधीश हुनेछन् ।’

निहारिका ३ वर्षीय छोरा लिएर हाल काठमाडौंमा बस्छिन् । उनलाई छोरा कसरी पाल्ने र आफू कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताएको छ ।

न्यायाधीशमाथि आर्थिक चलखेलको आरोप

निहारिकाले अदालतका न्यायाधीशमाथि आर्थिक चलखेल गरेको आरोप लगाइन् । उनले न्यायाधीश र सरकारी वकिलले पैसा खाएर अपराधीलाई सफाई दिइएको बताइकी छिन् ।

‘अन्तिम पेशी भनेर म अदालत आउन खोजेकी थिएँ तर सरकारी वकिलले मलाई रोके’‚ निहारिकाले भनिन्, ‘पेशी सारिदिने भनेकी थिएँ तर सारेनन् । सरकारी वकिल र न्यायाधीश सबैले पैसा खाएर अपराधीलाई सफाइ दिए ।’

उनी अहिले अदालतबाट आएको निर्णयले विक्षिप्त बनेकी छन् । उनी न्याय पाउने आशा बोकेर कैयौंपटक जिल्ला अदालत धाएकी थिइन् ।

यस्तो छ, निहारिकाको दाबी
निहारिकाको दाबीअनुसार करिब ३ वर्षअघि श्रेष्ठले उनलाई प्रेमजालमा पारेर शारीरिक सम्बन्ध राखेका थिए । त्यसपछि उनी नाबालिग उमेरमै उनको गर्भ बसेको थियो । आफूमा गर्भ रहेको बताएपछि श्रेष्ठले विवाह गर्न नमानेको निहारिकाको भनाइ छ ।

आफूलाई आर्थिक प्रलोभन देखाएर गर्भको बच्चा फाल्न दबाव दिएको समेत बताइन् । निहारिकाले बच्चा जन्माइन् । अहिले छोरा ३ वर्षको भइसकेका छन् । उनी आफूलाई अविवाहित आमाको रूपमा चिनाउने गर्छिन् ।

आफ्नो वास्तविक नाम र तस्वीर सार्वजनिक गर्न उनले मिडियालाई अनुमति समेत दिएकी छिन् । आरोपी श्रेष्ठले भने निहारिकाबाट जन्मेको बच्चा आफ्नो नभएको बताए । अदालतमा मुद्दा परेपछि उनी करिब १८ महिनासम्म फरार भए ।

त्यसपछि प्रहरीमार्फत हाजिर भएका उनी थुनामा रहेका थिए । अदालतको फैसलापछि उनले उन्मुक्ति पाएका हुन् ।

अविवाहित आमा बनेरै बाँच्ने तर अपराधीलाई कानुनी कठघरामा उभ्याएर छाड्ने भनेर अदालत पुगेको अवस्थामा अदालतको फैसलाले आफू निराश बनाएको बताइन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular