काभ्रे जिल्लामा १६ जनामा संक्रमण, ७३ जना संक्रमणमुक्त

0
179

काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज ७३ जना उपचारपछि संक्रमणमुक्त भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८४ वटा पिसिआर र २१ वटा एन्टिजेन गरी कुल १ सय ५ वटा परीक्षणगरिएको मध्य ८ वटा पिसिआर र ८ वटा एन्टिजेन गरी १६ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी दिइएको छ । यस सँगै जिल्लामा कुल कोरोना संक्रमण हुनेको संख्या १७ हजार ४ सय ६४ पुगेको छ । त्यस मध्ये १७ हजार ६२ जना उपचारपछि संक्रमणमुक्त भएका छ ।

जिल्लामा अहिले १ सय ३ जना महिला र १ सय ४ जना पुरुष गरी २ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छ । कोरोना संक्रमणका कारण मृत्यु हनेको संख्य काभ्रेमा अहिलेसम्म १ सय ९५ जना पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here