Friday, September 22, 2023
Homeअर्थधुलिखेलमा २ अर्ब ५० करोड लागनीमा थाई होटल ‘दुषित थानी’ बन्दै

धुलिखेलमा २ अर्ब ५० करोड लागनीमा थाई होटल ‘दुषित थानी’ बन्दै


काभ्रेः
जिल्लाको धुलिखेलमा ‘दूषित थानी’को चेन होटल निर्माण भइरहेको छ । ‘दूषित थानी’ थाइल्याण्डको चर्चित होटल ब्राण्ड हो ।

उक्त होटललाई गैरआवासीय नेपाली संघ, थाइल्याण्डका पूर्वअध्यक्ष समेत रहेका अर्थशास्त्री रमेश हमालले धुलिखेलमा भित्र्याएका हुन् ।

उनले ६ वर्षअघि ८० रोपनी जग्गा लिएर धुलिखेल नगरपालिका–११ मा होटल निर्माण प्रक्रिया सुरु भएको थियो । तर होटल निमार्णको काम भने चार वर्षअघि सुरु भएको हो ।

उनले भने, ‘कोभिडका कारण निर्माणमा ढिलाइ भएपनि आउँदो दशैं अगाडि नै सञ्चालन गर्ने गरी काम गरहेको छ ।’

उनका अनुसार होटलको ९० प्रतिशत निर्माणको काम सम्पन्न भइसकेका छन् । होटलमा दुई अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular