Friday, September 22, 2023
Homeअर्थसुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौंः सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ५०० र चाँदी पाँच रूपैयाँ बढेको जनाएको छ ।

महासंघले जारी गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ तोकिएको छ । सोमबार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम गरिएको छ । यसको मूल्य सोमबार ९२ हजार १०० रूपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular