Friday, September 22, 2023
Homeखेलचीनकी टेनिस खेलाडीले बयान फेरिन्, ‘पोस्टले भ्रम फैलायो, यौन शोषण भएको होइन’

चीनकी टेनिस खेलाडीले बयान फेरिन्, ‘पोस्टले भ्रम फैलायो, यौन शोषण भएको होइन’

चीनकी चर्चित टेनिस खेलाडी पेंग शुआईले सोसल मिडियामा उनको पोस्टले ‘निकै ठूलो भ्रम’ फैलाएको बताएकी छिन् । शुआईले कुनै प्रकारको यौन शोषणको कुरा गर्न अस्वीकार गरेकी छिन् ।

कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् ।

वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि उनी लगभग गायब जस्तै थिइन् । उनी कहाँ छिन्, यसबारे कसैलाई पनि थाहा नभएको बताइएको छ ।

विन्टर ओलम्पिकका बीच आइतबार लिकिपलाई दिएको अन्तरवार्तामा पेंग शुआईले आफ्ना लागि चिन्ता जताउनेमाथि धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले यसका साथै भनिन्, ‘म जान्न चाहन्छु कि यस्तो चिन्ता किन रु मैले कहिले पनि भनेकी थिइनँ कि ममाथि उत्पीडन भएको छ ।’ पेंग शुआईका अनुसार सोसल मिडिया पोस्टले संसारभरी ठूलो भ्रम पैदा गरेको छ ।

उनी भन्छिन्, ‘मलाई आशा छ कि पोस्टको अर्थलाई तोडमोड गरेर पेश गरिने छैन । र यो पनि आशा छ कि यसलाई अब थप प्रचारमा ल्याइने छैन ।’

पेंग शुआईको सोसल मिडिया पोस्टमा के थियो ?

अघिल्लो वर्ष नोभेम्बर २ मा पेंगको चिनियाँ सोसल मिडिया प्लेटफर्म ‘वीबो’ को अकाउन्टमा करिब १६ सय शब्दको पोस्ट गरिएको थियो ।

पोस्टमा चीनका पूर्व भाइस प्रिमियर झांग गाओलीमाथि यौन शोषणको आरोप लगाइएको थियो । उनलाई झांगसँग यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य पारिएको आरोप थियो ।

झांग गाओली सन् २०१३ देखि २०१८ का चीनका भाइस प्रिमियर थिए र शी जिनपिङका नजिकका सहयोगीमध्ये एक थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular