Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३स्थानीय चुनावको घोषणा संविधानसम्मत छ: महामन्त्री थापा, सरकारको निर्णय संविधान विपरीतः महासचिव...

स्थानीय चुनावको घोषणा संविधानसम्मत छ: महामन्त्री थापा, सरकारको निर्णय संविधान विपरीतः महासचिव भुसाल

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन् ।

थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको उल्लेख गरेका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उनले लेखेका छन्‚ ‘संविधानको मर्म अनुरूप छ ।’

महामन्त्री थापाले निर्वाचनको मिति तोकिएसँगै निर्वाचन टार्ने गरी भएका बहससमेत सकिएको बताएका छन् । साथै उनले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नभएको समेत सचेत गराएका छन् ।

‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उनले उल्लेख गरेका छन्‚ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

त्यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताएका छन् ।

स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै उनले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ नभएको पनि बताए ।

भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्पणी गरे ।

२०७४ मा तीन चरणमा चुनाव भएकाले बैशाख ३० मा चुनाव गर्दा कतिपय जनप्रतिनिधिको कार्यकाल संविधानबमोजिम पाँच वर्ष नपुग्ने महासचिव भुसालले जिकिर गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular