Friday, September 29, 2023
Homeसमाजअब विदेशका नेपाली दूतावासबाट पनि ई–पासपोर्ट जारी हुने

अब विदेशका नेपाली दूतावासबाट पनि ई–पासपोर्ट जारी हुने

काठमाडौंः अब विदेशमा रहेका नेपाली दूतावासबाट समेत विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी हुने भएको छ ।

कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासले सोमबार नेपालबाहिर पहिलो पटक सबै विवरण/आवेदन राहदानी विभागमा पठाएपछि ई–पासपोर्ट जारी गरेको विभागले जनाएको छ ।

राहदानी विभागले सोमबार ई–पासपोर्टका लागि कतारस्थित नेपाली दूतावासबाट आवेदन भर्न सकिने सूचना जारी गरेको छ ।

विभागका निर्देशक शरदराज आरनले नेपाली दूतावासहरूबाट ई–पासपोर्ट जारी गर्न खाडी देशहरू र मलेशियास्थित नेपाली नियोगमा आवश्यक सबै उपकरण पठाइसकेको बताए ।

तत्कालका लागि सीमित मात्रामा ई–पासपोर्टका लागि आवेदन लिइने जानकारी पनि विभागले दिएको छ ।

ती सबै उपकरण दूतावास र नियोगमा जडान हुनासाथ केही दिनभित्रै ती देशमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गर्न सकिने छ ।

विभागका अनुसार अन्य देशमा रहेका नेपाली नियोगमा पनि आवश्यक उपकरण पठाइरहेको र केही सातामै ती नियोगबाट समेत ई–प‍ासपोर्ट जारी हुने छ ।

देशभित्र भने ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ ठाउँबाट ई–पासपोर्टको आवेदन दिन सकिन्छ ।

बाँकी जिल्लामा आवेदन शुरु गर्न विभागका ३ प्राविधिक टोलीले नेटवर्किङ, उपकरण जडानसँगै कर्मचारीलाई तालीम दिइरहेको विभागले जनाएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular