काठमाडौंः एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इण्डेक्शन चुलो पुर्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएको छ ।
पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार सकारात्मक हुनुपर्ने बताउँदै अनेरास्ववियूले सोमबार मन्त्री भुसाललाई ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री भुसालले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन् ।
मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन् ।