Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३स्थानीय चुनाव बैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय चुनाव बैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular