काभ्रेः जिल्लाको पाँचखाल नगरपालिकामा काठमाडौं विश्वविद्यालय (केयू)को कृषि विषयको पठनपाठन हुने भएका छन् ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकाको सहयोग तथा समन्वयमा केयूले नेपालमै पहिलोपटक कृषि विषयमा पठनपाठन सुरु गर्न लागेको जानकारी दिए ।
उनका अनुसार केहि दिनमानै संरचनाले पूर्णता पाउने र औपचारिक रुपमा कक्षा सञ्चालन हुने छ । कृषि अध्ययनका लागि ६५ जना भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन् ।
केयूले प्रविधि मैत्री कृषि संकाय स्नातक, स्नातकोत्तर र आर्टिफिसियल ईन्टेलिजेन्स स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन अनौपचारिक रुपमा सुरू गरेको नगरप्रमुख महेश खरेलले बताएका छन् ।
काठमाण्डौ विश्वविद्यालयका स्कुल अफ साईन्सका डिन डाक्टर मनिष पोखरेलको टोलीले नगरपालिकामा बनिरहेको भौतिक संरचनाको अनुगमन तथा निरीक्षण समेत गरेको छ ।
विश्वविद्यालय स्तरको कृषि पढाई हुने भएपछि पाँचखालको कृषि प्रणालीमै नयाँपन आउने अपेक्षा गरिएको छ ।