Friday, September 29, 2023
Homeकाभ्रे फोकसपनौती नगरपालिकाद्धारा किसानलाई पाडी वितरण

पनौती नगरपालिकाद्धारा किसानलाई पाडी वितरण

काभ्रेः जिल्लाको पनौती नगरपालिकाले नगरका किसानलाई पाडी वितरण गरेका छन् । नगरपालिकाले यस आर्थिक वर्षमा १ सय ५० वटा पाडी वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा पनौती–४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएका छन् ।

पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले पाडी पालनले आर्थिक उन्नति हुदै जाने र प्रतिफलको लागी केहि समय धैर्य गर्न पनि उपस्थित कृषकलाई आग्रह गरे । उनले आफ्नै सम्पति सम्झेर मिहेनत गरेमा राम्रो उत्पादन र प्रतिफल पाउने सकिने बताए ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले पहिले पाडी वितरण गर्दा खिसीट्युरी गर्नेहरु नै अहिले प्रशंसा गर्न थालेको बताए ।

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले यो वर्ष १५० वटा पाडी वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष ८०६ वटा पाडी वितरण गरिसकेका छन् ।

विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको नगरपालिकाले यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular