Saturday, September 30, 2023
Homeकाभ्रे फोकसअनेम संघ (क्रान्तिकारी) खानीखोलाको अध्यक्षमा विष्णुमाया

अनेम संघ (क्रान्तिकारी) खानीखोलाको अध्यक्षमा विष्णुमाया

खानीखोला, काभ्रे: नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) खानीखोला गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

आइतबार माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य मिना पाख्रिनको प्रमुख अतिथ्यता तथा खानीखोला गाउँपालिका कमिटीको उपाध्यक्ष सृजना थिङको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

खानीखोला-५ स्थित ताल्ढुङ्गमा बसेको भेलाले संघको अध्यक्षमा विष्णुमाया मोक्तानलाई सर्वसम्मत चयन गरेका छन् ।

त्यस्तै भेलाले उपाध्यक्षमा दरिमाया पाख्रिन, स्वतिका हुमागाईँ, सचिवमा अर्चना अस्तानी, सह-सचिवमा सुस्मिला गोले, कोषाध्यक्षमा विमला लोप्चनसहित ४५ सदस्यीय कमिटी गठन गरेका छन् ।

भेलामा माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीका कोषाध्यक्ष केशव आचार्य, सदस्यहरु रमेश तिमल्सिना, अग्नी लामा, खड्का विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष मोक्तानको सभापतित्वमा भएको भेलाको संचालन अर्चना अस्तानी र प्राणी थिङले स्वागत मन्तव्य राखेको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular