Friday, September 22, 2023
Homeकाभ्रे फोकसआजबाट काभ्रे प्रशासनमा बार अनुसार सेवा सञ्चालन

आजबाट काभ्रे प्रशासनमा बार अनुसार सेवा सञ्चालन

काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेले आज अर्थात् आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्तादेखि स्थगित सेवा आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ । कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो ।

त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगरपािलका र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ ।

त्यस्तै बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ ।

महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular