Friday, September 29, 2023
Homeराजनीतिमाओवादी केन्द्र खानीखोलाद्धारा स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग

माओवादी केन्द्र खानीखोलाद्धारा स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग

खानीखोला, काभ्रे: नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटीले स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग गरेका छन् । विहिबार एक कार्यक्रमबिच माओवादी केन्द्र खानीखोलाले उक्त सामग्री सहयोग गरेका हुन् ।

माओवादी केन्द्र खानीखोलाले बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशिल) को विशेष उपस्थितिमा जिल्लाको विकट खानीखोलास्थित ताल्ढुङ्ग स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई जगथलीलाई संयुक्त रूपमा सर्जिकल माक्स १ हजार थान, पिपिई १ सय ५० थान, फेस्शिल एक सय, ग्लोब्स २ सय थान र कम्बोट ५ सेट सहयोग गरेको जनाइएको छ ।

त्यस्तै खानीखोलाका अध्यक्ष अविरल जिम्बाका अनुसार सोही अवसरमा खानीखोला(६ का खेलाडीहरुलाई भलिबल २ थान, नेट र पम्प एकरएक थान सहयोग गरेका छन् । उनले अन्य केहि वडामा यसअघि गरिसकेको र बाँकी वडामा पनि छिट्टै गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।

स्वास्थ्य तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा खानीखोला कमिटीका सचीव राजन अधिकारी, कोषाध्यक्ष केशब आचार्य लगायतको उपस्थिति रहेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular