Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ६मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यानः बनगाड कुपिण्डे नगरपालिका–३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन् ।

दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए ।

एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए ।

‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको पैसा सकियो‚’ उनले भने‚ ‘बिरामी ठिक नभएपछि थप उपचारका लागि काठमाडौं ल्याउँदा दुईवटै मिर्गौला फेल भएको रिर्पोट आयो । आर्थिक अभाव हुँदा नियमित डायलासिस गर्न समस्या भइरहेको छ ।’

मोहनले आफूलाई बचाइदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहने सहयोगीले राजेन्द्र विकको लक्ष्मी बैंक सल्लीबजारको खाता नम्बर ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सक्नेछन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular