सिडियो र एसपीले दिए प्रहरी इकाईलाई निर्देशन

0
66

काभ्रेः जिल्लामा रहेका विभिन्न प्रहरी इकाईहरुलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्लाा प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले निर्देशन दिएका छन् । आइतबार स्थलगत निरिक्षण गर्दै सिडिओ पाण्डे र एसपी जोशी सहितको टोलीले प्रहरी ईकाइहरु प्रहरी चौकी कानपुर र पोखरीनारायणस्थानमा पुगेर निर्देशन दिएका हुन् ।

अनुगमनको क्रममा प्रजिअ पाण्डेले जिल्ला मातहत प्रहरी ईकाइमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै विश्वव्यापी महामारीको रुपमा रहेको कोभिडको यस विषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न अनुरोध गरेका छन् ।

त्यस्तै उनले ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने, प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने भनि निर्देशन सम्बोधन गर्नु भई उक्त प्रहरी ईकाइ रहेको भुगोलकको वस्तुस्थितिको बारेमा समेत साक्षतकार गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here