डम्फू,लामा प्रस्तुतीसहित खानीखोलामा मनाइयो ल्होछार

0
169

खानीखोला, काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा विविध कार्यक्रम गरि सोनाम ल्होछार मनाइएको छ । खानीखोला गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समितिको आयोजनामा विविध कार्यक्रमबिच दुई दिन ल्होछार मनाइएका छन् ।

 

गाउँपालिकाको अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) प्रमुख अतिथ्यतामा घेदुङ खानीखोलाले ताल्ढुङ्गामा लामा, ताम्बा तथा डम्फू गीत प्रस्तुति सहित बृहत साँस्कृतिक कार्यक्रम गरि भव्य रुपमा ल्होछार मनाइएको हो । ल्होछार कार्यक्रममा विशेष अतिथिद्धय उपाध्यक्ष दोर्जेमान जिम्बा र नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य तथा काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील), अतिथिहरु नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य मिना पाख्रिन, महिला घेदुङ केन्द्रीय उपाध्यक्ष सृजना थिङ, नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला अध्यक्ष राजकुमार तामाङ, जिल्ला सचिव विरेन्द्र लामा भोलन, वडा अध्यक्षहरु सन्तमान थिङ, दशरथ थिङ, सागर जिम्बा, निशान मोक्तान र बुद्धि बहादुर स्याङतान(बाबु) ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

त्यस्तै कलाकारहरु तामाङ चलचित्र जगतको महानायक अमिर दोङ, गायक विशाल थिङ, नायिका सुष्मा मोक्तान, अविना गोले, नृत्यकार रुसा लामा र स्थानीय कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति दिएको थियोे । कार्यक्रममा कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको गाउँपालिकाका अध्यक्ष वीर बहादुर लामा नेतृत्वको लामाहरु, कुल बहादुर थिङ नेतृत्वको डम्फुरेहरु र निरुमाया बल नेतृत्वको महिला डम्फुरेहरु र ताम्बाहरुलाई नगदसहित सम्मान गरेको थियो ।

 

घेदुङ खानीखोलाको अनुसार माघ २५ गते लामा, डम्फुरे र ताम्बाहरुले प्रस्तुति गरेको थियो । त्यस्तै २६ गते बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । घेदुङ खानीखोलाको अध्यक्ष नरबहादुर थिङको सभापतित्वमा सम्पन्न ल्होछार कार्यक्रमको सञ्चालन सचिव टीका थिङ (अविरल)ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here